काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसद् बैठक सुरु हुनुअघि प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच करिब आधा घण्टा छलफल भएको हो ।
सभामुखको सचिवालयका अनुसार भेटमा संघीय संसद्को चालु अधिवेशनसहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ
पछिल्लो समय प्रतिपक्षी सांसदहरूले संसद् बैठकमा प्रधानमन्त्रीको नियमित उपस्थिति र समसामयिक विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै आएका छन् । यसै सन्दर्भमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर समसामयिक विषयमा सम्बोधन गर्न आग्रह गर्दै आएका छन् ।
प्रकाशित मिति : मंगलबार, साउन २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्