भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा हुने उनले बताए।उनले नेपाल प्रेससँग भने, ‘शशांकजीको सभापतित्वमा भेला हुन्छ। हामीले भेलाको प्रमुख अतिथि शेरबहादुर देउवालाई बोलाएका छौँ। उहाँ भोलि आउँदै हुनुहुन्छ। उहाँले नै भेलाको उद्घाटन गर्नुहुन्छ।’
शुक्रवार दिउँसो १ बजे भेला उद्घाटन हुने उनले बताए।
उनले थपे, ‘पहिलो दिन उद्घाटन हुन्छ। शीर्ष नेताहरूले सम्बोधन गर्नुहुन्छ। शनिवार र आइतबार दुई दिन बन्दसत्र चल्छ। भेलामा करिब ४६ सय नेताकार्यकर्ता सहभागी हुनुपर्ने हो, ५ हजार नाध्नसक्ने अनुमान गरेको छौँ।’
भेलामा पेस हुने प्रतिवेदन लेखनको तयारी अन्तिम चरणमा पुगिसकेको बताए। उनले थपे, ‘प्रतिवेदन आज साँझसम्म टुङ्ग्याएर प्रेसमा पठाउने तयारी गरेका
प्रकाशित मिति : बुधबार, साउन २७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्