संघीय संसदका तीन समितिको बैठक बस्दै

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौँ, २५ साउनः सङ्घीय संसद भवन सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत अन्य सांसदहरु । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । जस अनुसार आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

दिउसो साढे २ बजे बस्ने गरि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मामिला सम्बन्धी समसामायिक विषयमा विज्ञहरुसँग छलफलको कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान साढे १० बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मानव अधिकारको अवस्था सम्बन्धी निरिक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्था सम्बन्धी निरिक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदन, २०८३ पारित गर्ने कार्यसूची रहेको छ । आजको बैठकका लागि गृहमन्त्री, कानुनमन्त्री, गृह सचिव, कानुन सचिव, प्रहरी महानिरीक्षक र कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई छलफलका बोलाएको समितिले जनाएको छ ।

त्यस्तै बिहान ११ बजे बोलाइएको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मानव अधिकारको वर्तमान अवस्था र आयोगको विभिन्न प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफलको कार्यसूची रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन २९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij