काठमाण्डौ — गएरातिको बाढीले जाजरकोटमा चारवटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ ।
जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले घर र एक झोलुङ्गे पुल बगाएको हो ।पहिरोले घर बगाए पनि मानवीय क्षति भने नभएको जाजरकोट प्रहरीले जनाएको छ ।
यस्तै मादीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा पुल बगाएको छ । सशस्त्र प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमानामा अवस्थित मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवतजावत गर्नका लागि बनाइएका २ वटा मेटलको पुल बगाएको हो ।
उता, पहिराेले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा १ जना बेपत्ता भएका छन् भने २ घाइते भएका छन् ।
गएराति वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो ।
घाइतेको उद्धार तथा बेपत्ताको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको र थप विवरण संकलन भइरहेको उहाँले बताउनुभयो । प्रहरीका अनुसार लगातार वर्षा भइरहेकाले उद्धारमा कठिनाई भएको छ ।
मन्दिरको आधा भाग समेत बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले मन्दिरमा फसेका ३ जनाको उद्धार गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन २९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्