काठमाण्डौ – नारायणी नदीमा आएको बाढी नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ मा रहेको थारु टोलको बस्तीमा पस्दा ४० घर डुबानमा परेका छन् ।
स्थानीय बासिन्दाले निर्माण गरेको अस्थायी बाँध नारायणीको बाढीले भत्काएपछि बस्ती जलमग्न बनेको हो । बाढीका कारण स्थानीयवासीका केही घरका अन्नपात र लत्ताकपडा बगेका छन् भने माटो र फुसका कच्ची घरहरू डुबानमा परेका छन् ।
भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को अवरोधका कारण नदी किनारको १३२ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण हुन नसक्दा सुस्तावासीले हरेक वर्ष बाढी र कटानको समस्या झेल्दै आएका छन् ।
प्रकाशित मिति : आइतबार, साउन ३१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्