बुटवल । लगातार भइरहेको वर्षाका कारण सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डअन्तर्गत शितगंगा नगरपालिका–१२ को बसेरीमा सडक भासिएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सडक जोखिमपूर्ण भएकाले अत्यावश्यक काम नपरेसम्म रातिको समयमा उक्त सडक प्रयोग नगर्न यात्रुलाई आग्रह गरेको छ ।
प्रशासनले सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्राको क्रममा सावधानी अपनाउन तथा सम्भव भएसम्म रातिको यात्रा नगर्न अनुरोध गरेको जनाएको छ । प्रशासनले भनेको छ- ‘अविरल परिरहेको वर्षाका कारण सन्धिखर्क-गोरुसिङ्गे सडकखण्ड अन्तर्गत शितगंगा नगरपालिका, वडा नं. १२ स्थित बसेरी भन्ने स्थानमा जमिन भासिन गई सडक अवरुद्ध भएको हुँदा यात्रु महानुभावहरुले अत्यावश्यक काम नपरेसम्म रातिको समयमा उक्त सडक प्रयोग गरी यात्रा नगर्नु/नगराउनुहुन हार्दिक अनुरोध छ ।’
प्रकाशित मिति : सोमबार, भाद्र १ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्