काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा रिक्त पदाधिकारी र विभागीय जिम्मेवारीहरू थप गरेको छ ।
बैठकले शिशिर खनाल, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, लीमा अधिकारी, दीपकराज बोहोरा, समीक्षा बास्कोटा, इन्दिरा राना र मनिष झालाई सचिवालय सदस्य बनाउने निर्णय गरेको छ
यसअघि साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले पाँच जनालाई सचिवालय सदस्य मनोनयन गरेको थियो। रास्वपाको विधानअनुसार सभापति रवि लामिछानेले बढीमा ३३ जनासम्मलाई सचिवालय सदस्य मनोनयन गर्न सक्ने व्यवस्था छ।
बैठकले विभिन्न पदाधिकारीको जिम्मेवारीसमेत टुंगो लगाएको छ। जसअनुसार प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेल, कोषाध्यक्षमा डा। मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव तथा सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन्।
त्यस्तै, संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुखमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल र अर्थ विभाग प्रमुखमा लीमा अधिकारीलाई जिम्मेवारी दिइएको छ। यस्तै प्रवक्तामा जगदीश खरेल तोकिएका छन् ।
बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा केही नयाँ केन्द्रीय सदस्यसमेत मनोनयन गरेको छ। केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा। मनोहर प्रधान, सुरेन्द्र चौधरी, डा. भक्तबहादुर राई र भूपदेव शाह मनोनित भएका छन्।
रास्वपाले संगठन विस्तारसँगै पार्टीका विभिन्न विभाग तथा पदाधिकारीको जिम्मेवारीसमेत पुनर्संरचना गरेको हो। बैठकबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री पद भने अझै पूर्ति हुन बाँकी रहेको छ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्