JanataToday.com

Advertisment

SKIP THIS

इनरव्हिल क्लव अफ बुटवलद्धारा नगद तथा लत्ताकपडा वितरण

इनरव्हिल क्लव अफ बुटवलद्धारा नगद तथा लत्ताकपडा वितरण

बुटवल ।

इनरव्हिल क्लव अफ बुटवलद्धारा रुपन्देहीको उजलापुरमा रहेको लुम्विनी अपाङ्ग आश्रममा नगद , खाद्यन्न , लत्ताकपडा र शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । दिगो बिकासको लक्ष्य अपाङ्गतामैत्री भबिष्य भन्ने नारासंगै यो दिवस मनाइएको हो ।

दिवसको अवसरमा इनरव्हिल क्लब अफ बुटवलले बुटवल १५ मा रहेको लुम्विनी अपाङ्ग आश्रममा नगद रु दश हजार र जाडोका कपडाहरु आश्रममा पुगेर संहयोग गरेको क्लवका अध्यक्ष प्रमिला श्रेष्ठले बताउनु भएको छ । नगद संहयोग क्लवका अध्यक्ष प्रमिला श्रेष्ठ, प्रमुख अतिथि इनरव्हिल डिष्ट्रीक चेयरमेन समिरा ध्वजुले आश्रमका सचिव मोहन ढेगा लाई प्रदान गरिएको थियो ।

सहयोग रकम लिदै आश्रमका सचिव मोहन ढेगाँ मगरले सामाजिक संघ सस्थाको सहयोगले आश्रम संचालनमा सहयोग पुगेको भन्दै खुशी ब्यतm गर्नुभयो । नगद खाद्यन्न र लत्ताकपडा वितरण कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि इनरव्हिल डिष्ट्रीक चेयरमेन समिरा ध्वजुले सेवा नै जीवनको सबै भन्दा ठुलो सम्पती भएको भन्दै आफनो संस्थाबाट र व्यक्तिगत तर्फ बाट सक्दो संहयोग गर्ने बताउनु भयो । त्यस्तै ध्वजुले आज सपाङग भएको ब्यक्ती भोली अपाङ्ग हुन सक्ने भन्दै मानवीय रुपमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा क्लबका अध्यक्ष प्रमिला श्रेष्ठले धन्यवाद ज्ञापन गदै अपाङ्गता भएका व्यक्तिहरु लाई समाजले हेर्ने दुष्टिकोणमा परिवर्तन गर्न आग्रह गदै उहाँहरु प्रति माया, ममता गर्ने बातावरण सृजना गर्न सके समाजमा उनीहरुले केही गर्न सक्ने बताउनु भयो । कार्यक्रम क्लवका अध्यक्ष प्रमिला श्रेष्ठको अध्यक्षता, इनरव्हिल डिष्ट्रीक चेयरमेन समिरा ध्वजुको प्रमुख आतिथ्यता, लिला मगरको विशिष्ट आतिथ्यता, इनरव्हिल क्लव अफ बुटवलका पूर्व अध्यक्ष भारती जोशीको शुभकामना मन्तव्य ,निर्मला श्रेष्ठको संयोजन र क्लवका सचिव सानु श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : बुधबार, मंसिर १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij