एसीसी प्रिमियर कप : साउदी अरबलाई हराउँदै नेपालकाे लगातार तेस्राे जीत

एसीसी प्रिमियर कप : साउदी अरबलाई हराउँदै नेपालकाे लगातार तेस्राे जीत

KLANG, MALAYSIA - SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाण्डाै -एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई हराउँदै लगातार तेस्रो जीत हासिल गरेको छ । मलेशियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदीलाई अरबलाई ५ विकेटले हरायो ।

साउदी अरबले दिएको १९१ रनको लक्ष्य नेपालले नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर भेटायो । नेपालका गुल्सन झाले नटआउट ४४, ईशान पाण्डेले ४०, देव खनालले ३९ रन बनाए । साउदी अरबका इश्तियाक अहमद र मुहम्मद अतिफले २/२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब ४९ ओभर २ बलमा १९० रन बनाउँदा अलआउट भयो । साउदी अरबका अब्दुल वाहिदले ७७ रन, मुहम्मद अतिफले ३० रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३/३ तथा ललित राजवंशीले २ विकेट लिए ।

यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा मलेशियालाई ६ विकेटले हराएको थियो ।

एसीसी प्रिमियर कपमा समूह ‘ए’ मा नेपाल, बहराइन, हङकङ, मलेशिया र साउदी अरेबिया रहेका छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।

समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एशिया कपमा स्थान बनाउनेछ ।

प्रतियोगिताको फाइनल खेल यही भदौ २७ गते शनिवार हुनेछ ।

प्रकाशित मिति : आइतबार, भाद्र २१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij