तिलोत्तमा, नेपाली काँग्रेस लुम्विनी प्रदेशको सम्पर्क कार्यालय बुटवलमा स्थापना गरिएको छ । कार्यालय उद्घाटन गर्दै नेपाली काँगेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले आगामी अधिवेशनको तयारीका लागि छलफल तथा भेटघाट सहज गराउनकै लागि सम्पर्क कार्यालय स्थापना गरिएको बताउनु भयो ।
उहाँले अधिवेशनलाई पर्वका रुपमा लिन र सफल बनाउन पाटीका नेता कार्यकर्ता लगनशील भएर लाग्नु पर्नेमा जोड दिनुभएको छ ।
सोे अबसरमा नेपाली काँगे्रसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले संगठन बलियो बनाउन सदस्यता बिस्तार गर्नुपर्ने बताउनुभयो ।
उहाँले विशेषगरी ३५ वर्षमुनिका युवा तथा तरुण वर्गलाई लक्षित गर्दै क्रियाशील सदस्यता विस्तार गर्ने अभियानलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो।
विगतमा क्रियाशील सदस्यता नवीकरण गर्न छुटेका सदस्यहरूलाई तोकिएको समयभित्र सदस्यता नवीकरण गर्न आग्रह गर्दै सदस्यता व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो।
कार्यक्रममा केन्द्रीय सदस्यहरु भरतकुमार शाह , राजेन्द्र गोपाल सिंह , राधेश्याम पाठक , प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ , सहमहामन्त्री तथा प्रदेश सदस्य निमा गिरी , रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँण लगाएतले बोल्नु भएको थियो ।
प्बष्पिबलबनबच,द्यगतधब(िज्ञद्द,च्गउबलमभजष्
एज।(ण्ठज्ञद्धघडछठछ
प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्