मोटरसाइकलको ठक्करबाट पाँच पैदलयात्रीसहित सात जना घाइते

मोटरसाइकलको ठक्करबाट पाँच पैदलयात्रीसहित सात जना घाइते

गुल्मी , मदाने गाउँपालिका–४ नातिनडाँडामा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्।

बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ पैदल हिँडिरहेका पाँच जनालाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक, पछाडि सवार व्यक्ति र पाँच पैदलयात्री घाइते भएका छन्।

मोटरसाइकल मदाने गाउँपालिका–४ धारापानीका अन्दाजी १७ वर्षीय खुमबहादुर सुनारले चलाएका थिए। घाइते सबैलाई उपचारका लागि पुर्कोटदहस्थित स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ भने चालकको उपचार भइरहेको छ।

मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : शनिबार, भाद्र २७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij