काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज र भोलि देशभर वडा अधिवेशन हुनेछ ।
वडा अधिवेशनबाट सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुनेछन् । कांग्रेसको विधानअनुसार वडा सभापतिलाई वडासदस्य मनोनयन गर्ने अधिकारसमेत दिइएको छ ।
जसअनुसार गाउँपालिकाका वडा सभापतिले पाँच, नगरपालिका तथा उपमहानगरपालिकाका वडा सभापतिले छ र महानगरपालिकाका वडा सभापतिले सात जना वडासदस्य मनोनयन गर्न पाउने व्यवस्था छ ।
वडा समितिमा एकतिहाइ सदस्य अनिवार्य रूपमा महिला हुनुपर्ने व्यवस्था गरिएको छ । विधानमा समावेशी सिद्धान्तअनुसार सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने तथा अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति र युवाको प्रतिनिधित्वलाई समेत ध्यान दिँदै क्रियाशील सदस्यमध्येबाट वडासदस्य मनोनयन गर्नुपर्ने व्यवस्था छ ।
गाउँ, नगर, उपमहानगर र महानगरपालिकाका वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिसमेत चयन हुनेछन् ।
कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सम्पन्न भएपछि असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन हुनेछ ।
त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुनेछ ।
प्रकाशित मिति : शनिबार, असोज ३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्