JanataToday.com

Advertisment

SKIP THIS

दाङमा ट्याक्टरसँग मोटरसाईकल ठोक्किँदा एक जनको मृत्यु

दाङमा ट्याक्टरसँग मोटरसाईकल ठोक्किँदा एक जनको मृत्यु

दाङ
दाङमा ट्याक्टरसँग मोटरसाईकल ठोक्किँदा घोराही उपमहानगरपालिका–८ का १९ वर्षीय रेशम वलीको मृत्यु भएको छ । मोटरसाईकलमा सवार आर्का घोराही १० का १८ वर्षीय अमृत चौधरी घाईते भएको दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो । तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा २ प ९३५० नम्बरको मोटरसाईकल हिजो साँझ साढे सात बजे घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो। दुर्घटनामा परि घाइते भएका वलीलाई घोराहीमा प्रारम्भिक उपचार गरी कोहलपुर लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : शनिबार, मंसिर २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij