बाँके, रुपन्देहीसहितका २५ जिल्लामा सवारी संचालनमा रोक, थप भारी वर्षा हुन सक्ने चेतावनी

बाँके, रुपन्देहीसहितका २५ जिल्लामा सवारी संचालनमा रोक, थप भारी वर्षा हुन सक्ने चेतावनी

नेपालगन्ज । बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय चक्रको प्रभावले वर्षा हुन थालेपछि पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक लगाइएको छ।

मनसुन प्रतिकार्य कमान्ड पोस्टको शुक्रबारको बैठकले धेरै वर्षा भएका र अझै निरन्तर वर्षा हुन सक्ने आकलन गरिएका २५ जिल्लालाई रेडअलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । योसँगै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टलाई सर्कुलर गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गरी अत्यधिक वर्षा हुने २५ जिल्लामा यातायात सञ्चालनमा रोक लगाएको हो। प्राधिकरणले शुक्रबार र शनिबार २५ जिल्लामा अत्यधिक वर्षा हुने जनाएको छ।

केन्द्रमा गृह मन्त्रालय र विपत् प्राधिकरणसहितका निकाय सम्मिलित समिति छ भने जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मनसुन प्रतिकार्य कमान्ड पोस्ट रहेको छ।

उल्लेखित नक्सामा रातो रंग लगाइएका दुई दिन यातायात सञ्चालन नगर्न भनिएको जिल्लाहरुमा सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर छन् तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन्। त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङजा रहेका छन्।

यस्तै, ३० जिल्लामा धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ। जसमा कोसी र मधेशबाहेक पाँचै प्रदेशका जिल्ला रहेका छन्। सुन्तला रंग लगाइएका यी जिल्लामा रातको समयमा यातायात बन्द गर्न भनिएको छ। दिउँसोको समयमा गाडी चलाउने वा नचलाउने भने अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टलाई निर्णय गर्न भनिएको छ।

यस्तै, बाँकी २२ जिल्ला केही मात्रामा वर्षा हुने जनाइएको छ। जसमा कोसी र मधेश प्रदेशसँगै बागमती प्रदेशका मकवानपुर र सिन्धुली जिल्ला रहेका छन्। यी जिल्लामा सतर्क रहन निर्देशन दिइएको छ।

प्रकाशित मिति : शुक्रबार, असोज ९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij