रुपन्देही, नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम फेरबदल भएको छ । जिल्ला निर्वाचन समितिले यसअघि २०८३ असोज १० गतेका लागि तय गरेको निर्वाचन कार्यक्रम लगातारको वर्षाका कारण एक दिन पर सारिएको हो।
नेपाल सरकार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर केही दिन भारी वर्षा भइ जनजीवन प्रभावित हुन सक्ने सम्भावनाको सूचना जारी गरेको तथा काँग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको प्रेस विज्ञप्तीसमेतका आधारमा निर्वाचन कार्यक्रमको कार्यतालिका फेरबदल गरिएको जनाएको छ ।
नयाँ कार्यतालिकाअनुसार काँग्रेस रुपन्देहीको प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज ११ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १३ गते हुने भएको छ ।
जिल्ला निर्वाचन समिति रुपन्देहीले निर्वाचन कार्यक्रमसम्बन्धी जानकारीका लागि उक्त सूचना प्रकाशित गरेको हो । समितिका जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतमद्वारा जारी विज्ञप्तीमा निर्वाचन कार्यक्रम संशोधन गरिएको उल्लेख छ ।
प्रकाशित मिति : शनिबार, असोज १० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्