कांग्रेसको देउवा समूहकोे ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

कांग्रेसको देउवा समूहकोे ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र बनेको छ ।

संस्थापन इतर समूहले देशभरका ६ हजार ७४३ वडामध्ये तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ ।

संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो सम्पन्न वडा अधिवेशनअन्तर्गत कोशी प्रदेशका एक हजार १५७ वडामध्ये ५७७, मधेसका एक हजार २७१ मध्ये ४०२, बागमतीका एक हजार १२१ मध्ये ५६३ र गण्डकीका ७६२ मध्ये ३६६ वडामा अधिवेशन सम्पन्न भएको छ ।

यस्तै, लुम्बिनी प्रदेशका ९८३ वडामध्ये ५५०, कर्णालीका ७१५ मध्ये २७७ तथा सुदूरपश्चिमका ७३४ वडामध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । संस्थापन इतर समूहको १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म गर्ने तय भएको छ ।

यसैबीच कांग्रेसको संस्थापन पक्षमा महाधिवेशनको तयारी अघि बढेको छ । संस्थापन पक्षले पर्सि काठमाण्डौमा महाअधिवेशन उद्घाटन गर्दैछ । महाधिवेशन नजिकिँदै जाँदा संस्थापन पक्षमा विभिन्न पदका लागि आकांक्षीको संख्या बढ्दै गएका छन् ।

प्रकाशित मिति : शुक्रबार, असोज १६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij