हिमलुङ हिमपहिरोमा थप चार शव भेटिए, मृतकको संख्या ११ पुग्यो अझै पाँच जना बेपत्ता, खोज तथा उद्धार कार्य जारी

हिमलुङ हिमपहिरोमा थप चार शव भेटिए, मृतकको संख्या ११ पुग्यो अझै पाँच जना बेपत्ता, खोज तथा उद्धार कार्य जारी

काठमाडौं । मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये थप चार जनाको शव फेला परेको छ। यससँगै हिमपहिरोमा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ।

हराइरहेका आरोही तथा सहयोगीहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले बिहीबार थप चार जनाको शव फेला पारेको हो।

पासाङकाजी शेर्पाको नेतृत्वमा रहेको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको थियो। एसोसिएसनले टोली प्रमुख शेर्पालाई उद्धृत गर्दै चार शव फेला परेको जानकारी दिएको छ। फेला परेका शव निकाल्ने काम भइरहेको र उनीहरूको पहिचान हुन बाँकी रहेको जनाइएको छ।

यसअघि बुधबार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो। त्यस्तै, आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।

हिमपहिरोमा कुल १६ जना बेपत्ता भएका थिए। तीमध्ये अहिलेसम्म ११ जनाको शव फेला परेको छ भने अझै पाँच जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी रहेको उद्धार टोलीका प्रमुख शेर्पाले बताएका छन्।

असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरो गएको थियो। प्रतिकूल मौसमका कारण हिमपहिरो गएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। हिमपहिरोमा परेर १६ जना बेपत्ता भए पनि आरोहणमा गएका अन्य ११ जना भने घटनाको दोस्रो दिन सम्पर्कमा आएका थिए।

बेपत्ताहरूको खोजी तथा उद्धारका लागि अनुभवी माउन्टेन गाइडहरूको टोली परिचालन गरिएको छ। प्रतिकूल मौसमी अवस्थाका बीच पनि खोजी कार्यलाई निरन्तरता दिइएको जनाइएको छ।

प्रकाशित मिति : बिहिबार, असोज १५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij