जनादेश मनपरी शासन गर्न नभई नागरिकको जीवन बदल्न हो : आङ्देम्बे

जनादेश मनपरी शासन गर्न नभई नागरिकको जीवन बदल्न हो : आङ्देम्बे

काठमाण्डौ – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नका लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङ्देम्बेले संसद्मा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको आरोप लगाउनुभयो । सरकार गठन भएको ६ महिना बितिसक्दा पनि बाढी पहिरो पीडितको उचित उद्धार र राहत हुन नसकेको तथा अर्थतन्त्र झनै कमजोर बन्दै गएको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै नेता आङ्देम्बेले संसद् र प्रतिपक्षको बेवास्ता गरेर हुकुमी दम्भ र सामाजिक सञ्जालको भरमा देश चलाउन खोजिएको टिप्पणी गर्नुभयो ।  संसदमा संख्या र शक्ति भए पनि त्यसलाई परिणाममा बदल्ने शासकीय कौशलता छ कि छैन ? यसैले सरकारको भविष्य निर्धारण गर्ने आङदेम्बेको भनाई छ ।

नेता आङ्देम्बेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्कँदासमेत प्रधानमन्त्रीले संसद्लाई जानकारी नदिएर संसदीय मर्यादाको उल्लङ्घन गरेको आरोप लगाउनुभयो । लोकप्रियतावाद, एकाधिकार र डिजिटल घोषणाभन्दा पनि वास्तविक कार्यान्वयन, सामाजिक न्याय र सुशासन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले निराशामा रहेका नागरिकलाई देशमा सरकार छ भन्ने अनुभूति गराउन सरकारसँग माग गर्नुभयो

प्रकाशित मिति : बिहिबार, असोज १५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij