कांग्रेसकाे नयाँ नेतृत्व चयनका लागि भाेलि बिहान १० बजेदेखि मतदान

कांग्रेसकाे नयाँ नेतृत्व चयनका लागि भाेलि बिहान १० बजेदेखि मतदान

काठमाण्डाै – काठमाण्डाैमा चलिरहेकाे नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि भाेलि बिहीवार बिहान १० बजेदेखि मतदान हुने भएको छ ।

यसअघि बिहीवार बिहान ७ बजेदेखि मतदानकाे कार्यक्रम सार्वजनिक भए पनि वर्षा र प्राविधिक कारणले मतदान ढिला गरी शुरू गर्न लागेकाे केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ ।

मतदानका लागि काठमाण्डाैका तीन ठाउँमा सात मतदान केन्द्र ताेकिएकाे छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आउँदाे नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।

निर्वाचन समितिले राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरेको छ ।

यसैगरी खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाले पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था छ ।

यस्तै प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : बुधबार, असोज २१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij