नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जनामध्ये ५ जनाको पहिचान खुल्यो

नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जनामध्ये ५ जनाको पहिचान खुल्यो

नवलपरासी,  नवलपरासीको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । १० जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वकाअनुसार कोहलपुरबाट काठमाण्डौका लागि छुटेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान पौने ४ बजे महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो । घाइतेलाई उद्धार गरी मध्यबिन्दु अस्पताल डण्डामा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका ६ जनामध्ये ५ जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेहरुमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँके कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया रहेका छन् ।

अर्का एक जना पुरुषको पहिचान खुलेको छैन । बसमा १८ जना थिए । दुई जनाको अवस्था भने सामान्य छ ।

प्रकाशित मिति : शनिबार, असोज १७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij