बुटवल , बुटवलको देविनगर स्थित रगंशालामा रमाइलो महोत्सव आजबाट सुरु भएको छ । रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना हुने मेला यही कात्तिक १ गतेसम्म संचालन हुने छ ।
मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । सो अवसरमा बोल्दै मेयर पाण्डेले बुटवललाई चलायमान गराउनका लागि मेला महोत्सवको भूमिका महत्वपूर्ण हुने बताए । मेलाको उद्ध्घाटन विभिन्न झाँकी समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं। ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, नेपाली कांग्रेस बुटवलका सभापति ज्योति भण्डारी, नेकपाका महेन्द्र भुसाल, विभिन्न संघ तथा संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
आयोजकले महोत्सव अवधिभर एक लाखभन्दा बढी दर्शक सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरेको छ। आयोजकले महोत्सवबाट हुने कुल नाफाको पाँच प्रतिशत रकम बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने घोषणा गरेको छ।
प्रकाशित मिति : शुक्रबार, असोज १६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्