काठमाण्डौ , बुढीगण्डकी नदीमा एक्कासी बाढी आएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर अचानक बाढी आएपछि बुढीगण्डकी नदीको बहाव बढेको हो । आज बिहान ४ बजेदेखि उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनेको स्थानीय बासिन्दाले बताएका छन् ।
लगत्तै केही स्थानीय बासिन्दा र पर्यटक सुरक्षित ठाउँमा पुगेका छन् । चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने खोलामा ठूलो आवाजसहित पानी बगेको उनीहरुको भनाइ छ । खोला केहीबेर रोकिने र फेरि बग्ने गरेको छ ।
खोला सुक्खा पहिरोले थुनिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसक्षेत्रमा पानी परेको छैन ।
उग्युलुङ र स्यार खोला बुढीगण्डकी नदीका सहायक खोला हुन् । बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
प्रकाशित मिति : आइतबार, असोज २५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्