तिलोत्तमा, तिलोत्तमा नगरपालिकामा विगत १४ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत खुमलाल भुसालको सम्मानमा आयोजित ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा भुसालले आफ्नो कार्यकालमा नगरपालिकाको प्रशासनिक कामकाज, सेवा प्रवाह तथा विकास निर्माणका कार्यमा पुर्याउनुभएको योगदान, मेहनत, लगनशीलता र जिम्मेवारीप्रतिको प्रतिबद्धताको प्रशंसा गरिएको थियो।१३ महिना २१ दिनको कार्यकालमा उहाँले देखाउनुभएको कार्यकुशलता, समन्वयकारी भूमिका र सेवाप्रतिको समर्पणलाई जनप्रतिनिधि तथा कर्मचारीहरुले आफ्नो मन्तव्यमा स्मरण गरेका थिए।
बिदाइका क्रममा नगर प्रमुख खाणसहित जनप्रतिनिधि सुरेन्द्र श्री, राधा शाही, नारायण ढकाल तथा कर्मचारीहरू रमेश बस्याल, इन्द्रदत्त सापकोटा लगायतले उहाँको आगामी कार्यकालको सफलताको कामना गर्दै उहाँले नगरपालिकाका लागि पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभएको थिय। सार्वजनिक सेवामा उहाँले देखाउनुभएको मेहनत र समर्पण सधैँ स्मरणीय रहने विश्वाससमेत व्यक्त गरिएको थियो।
प्रकाशित मिति : आइतबार, असोज २५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्