अर्घाखाँची, अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरास्थित सन्धिखर्क–तम्घास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
बल्कोटबाट सन्धिखर्कतर्फ रोलर बोकेर जाँदै गरेको लु।४ त ७९१७ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आउँदै गरेको लु।७२ प २०६३ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो ।
दुर्घटनामा ट्याक्टरले च्यापिएर पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमडीका करिब २२ वर्षीय सहचालक गणेश रास्कोटी मगर गम्भीर घाइते भएका थिए । उनलाई जेसीबीको सहायताले उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क पुर्याइएकोमा चिकित्सकले दिउँसो १२ः१० बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा ट्याक्टर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का २६ वर्षीय पुण्यप्रसाद थारु घाइते भएका छन् । उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको छ ।
मोटरसाइकल चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४, केरुङ्गाका ४१ वर्षीय सञ्जय पाण्डे भने सकुशल रहेका छन् । दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान गरेको छ । प्रारम्भिक विवरणअनुसार ट्याक्टर चालकले मादक पदार्थ सेवन गरेको र उनीसँग सवारी चालक अनुमतिपत्र नभएको उल्लेख छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, असोज २५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्