टंकप्रसाद गैरैको नेतृत्वमा बुटवल उद्योग वाणिज्य संघमा संयुक्त प्यानल मैदानमा 

टंकप्रसाद गैरैको नेतृत्वमा बुटवल उद्योग वाणिज्य संघमा संयुक्त प्यानल मैदानमा 

बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी

बुटवल , बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि टंकप्रसाद गैरेको नेतृत्वमा संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ। ‘परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धता’ भन्ने नारासहित मैदानमा आएको प्यानलले बिहीबार पदाधिकारी तथा सदस्यका उम्मेदवारसँगै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको हो।

गैरेको नेतृत्वमा रहेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी, महासचिवमा जमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टिकाराम बञ्जाडे र सह–कोषाध्यक्षमा जाकिर हुसैन उम्मेदवार छन्।

एसोसिएट सदस्यमा बालकृष्ण पौडेल उम्मेदवार रहेका छन्। उद्योगतर्फ सदस्यका लागि दीपक बास्तोला, गोपाल टण्डन, प्रविण गोविन्द श्रेष्ठ र सुनिता अर्याल रहेका छन्। वाणिज्यतर्फ मनिष कुमार हयोजु, मिलन कुमार भारी, राजेश भट्टराई र सुनिता गिरी उम्मेदवार छन्।

महिला सदस्यतर्फ सुकमाया श्रेष्ठ ध्वजु ९सिता० र सुष्मा केसी तथा खुला सदस्यतर्फ विजयकुमार वर्णवाल, ज्ञानप्रसाद खनाल, गणेश प्रसाद सेढाई, जनक श्रेष्ठ, गोपाल बस्याल, सुशील प्रसाद श्रेष्ठ र ठाकुर घिमिरे उम्मेदवार बनेका छन्।

प्यानलले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा बुटवलको व्यापारिक गतिविधि बढ्दै गए पनि व्यवसाय सञ्चालनको लागत वृद्धि, बजारमा आएको मन्दी, पूर्वाधारको समस्या, नीतिगत अस्पष्टता र अस्वस्थ प्रतिस्पर्धाले उद्योगी–व्यवसायी समस्यामा परेको उल्लेख गरिएको छ।

व्यवसायीका समस्या समाधानमा संघलाई थप सक्रिय र प्रभावकारी बनाउँदै हरेक उद्योगी–व्यवसायीको भरोसायोग्य संस्थाका रूपमा विकास गर्ने प्यानलको दाबी छ। त्यसका लागि संयुक्त तथा समावेशी नेतृत्व, व्यवसायीको सम्मान र संरक्षण, व्यवसायमैत्री नीति, लगानीको सुरक्षा तथा बुटवलको पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।

त्यस्तै बजार विस्तार, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, डिजिटल प्रविधिमार्फत आधुनिक व्यवसाय प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलतालाई प्रोत्साहन, पर्यटन र स्थानीय अर्थतन्त्रको विकास तथा संघको कामकारबाहीलाई पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता प्यानलले जनाएको छ।

‘आश्वासन होइन परिणाम, व्यक्ति होइन संस्था, एकल नेतृत्व होइन संयुक्त नेतृत्व’ भन्ने संकल्पसहित प्यानलले समृद्ध बुटवल निर्माणका लागि आफूहरूलाई मतदान गरी विजयी गराउन उद्योगी–व्यवसायीसँग अपिल गरेको छ।

प्रकाशित मिति : बिहिबार, असोज २२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij