बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको तयारी पुरा

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको तयारी पुरा

बुटवल,  बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको भोली शुक्रबारदेखि ७३औं वार्षिक साधारण सभा तथा २६औं अधिवेशन हुँदैछ । भोली शुक्रबार हुने साधारण सभामा अध्यक्षले प्रस्तुत गर्ने अध्यक्षको प्रतिवेदन, महासचिवले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदन कार्यसमिति बैठकबाट पारित भएका छन् ।

यस अघि बसेको कार्यसमिति बैठकले साधारण सभामा प्रस्तुत गर्ने अध्यक्षको प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन कार्यसमिति बैठकबाट पारित गरेको हो । साधारण सभा तथा अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारीका काम पुरा भएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।

साधारण सभा तथा अधिवेशनलाई व्यवस्थित बनाउन यसअघि नै विभिन्न विषयगत तयारी समिति गठन गरी कार्यसमिति सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

कार्यसमिति सदस्यहरु कृष्णप्रसाद पाण्डेलाई प्रस्ताव लेखन, गणेशप्रसाद भट्टराईलाई किटव्याग तथा रजिष्ट्रेसन, विष्णु ९कमला० घिमिरे पन्तलाई सदस्यता मत सर्वेक्षण, रेनु श्रेष्ठलाई स्वागत तथा सत्कार, रामबहादुर भण्डारीलाई खाना तथा जलपान, दीपक चापागाईंलाई निमन्त्रणा कार्ड व्यवस्थापन, उमेश अमात्यलाई हल तथा मञ्च व्यवस्थापन र टिकाराम वञ्जाडेलाई पार्किङ व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको थियो ।

त्यसैगरी अधिवेशन सम्पन्न गर्नका लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डे प्रमुख निर्वाचन अधिकृत सहित अधिवक्ता माधव घिमिरे र अधिवक्ता गोविन्द मरासिनी निर्वाचन अधिकृत रहेको निर्वाचन समिति गठन गरिएको छ । उक्त समितिले पनि निर्वाचनको काम सुरु गरिसकेको छ ।

साधारण सभामा संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारसहित विधागत पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट उद्योगी व्यवसायीहरुलाई सम्मान गरिँदैछ । आर्थिक पत्रकारिता पुरस्कार मुल्यांकन समिति संयोजक संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ र उत्कृष्ट उद्योगी–व्यवसायी मूल्यांकन समिति संयोजक पूर्वअध्यक्ष खिमबहादुर हमालले जिम्मेवारी अनुसारको तयारीका काम पुरा भएकाले जानकारी गराए ।

साधारण सभाको अवसरमा संघ परिषरमा निर्माण गरिएको संस्थापक अध्यक्ष स्व। पद्यचन्द्र श्रेष्ठको अर्धकदको शालिकसमेत अनावरण गरिँदैछ । २००९ सालमा तदर्थ समिति हुँदै २०१० सालमा स्थापना भएको संघका संस्थापक अध्यक्ष श्रेष्ठले २०१६ सालसम्म नेतृत्व गरेका थिए । त्यसैगरी संघले पुनःप्रकाशन गरेको २०४१ सालमा प्रकाशित पहिलो ‘स्मारिका–२०४१०, ‘हाम्रो बुटवल स्मारिका–२०८३’, संघको स्थापनाकालदेखिका गतिविधलाई समेटर तयार पारिएको बृत्तचित्र समेत सार्वजनिक गरिनेछ ।

त्यस्तै संघका पूर्वअध्यक्षहरुको नाममा विभिन्न विषयगत अक्षयकोष स्थापना गर्ने निर्णयसमेत गरिएको छ । अक्षयकोष स्थापनाका लागि सम्बन्धित पूर्वअध्यक्ष वा उनीहरुको परिवारबाट सहयोग उपलब्ध गराउन आह्वान गरिएको संघका अध्यक्ष अर्यालले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका संघका अध्यक्ष अर्यालले साधारण सभा तथा अधिवेशनलाई सभ्य, भव्य, मर्यादित र निष्पक्ष बनाउन सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रह गरेका छन् । त्यसैगरी साधारण सभा तथा अधिवेशनमा उत्साहपूर्वक सहभागि हुन पनि अध्यक्ष अर्यालले संघका सदस्यहरु आम उद्योगी व्यवसायीलाई अपिल गरेका छन् ।

संघको भोली शुक्रबारदेखि यहि असोज २६ गतेसम्म ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन हुँदैछ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

 

 

प्रकाशित मिति : बिहिबार, असोज २२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij