बुटवल , बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा पौडेलले ८३३ मत प्राप्त गरे । उनले अध्यक्षका अर्का प्रत्याशी टंकप्रसाद गैरेलाई पराजित गरेका हुन् । गैरेले ६०१ मत पाए ।
संघको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन् । उनले ७२४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी विमलराज भट्टराईले ६९८ मत पाए ।
यस्तै, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ ७१२ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी निर्मित कसजुले ६९३ मत प्राप्त गरे । वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी ७१९ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ७०० मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
महासचिवमा वसन्तप्रसाद ढकाल र जमुना पौडेलबीच कडा प्रतिस्पर्धा भएको छ । ढकाल ७१४ मत प्राप्त गरी निर्वाचित भए । पौडेल १२ मतको झिनो अन्तरले पराजित भइन् । उनले ७०२ मत पाइन् ।
कोषाध्यक्षमा टिकाराम बन्जाडे ७३८ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रतीक पोखरेल शर्माले ६७३ मत पाए । सचिवमा दीपकप्रसाद चापागाईं ७५२ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी काशिराम शर्मा पौडेलले ६४८ मत ल्याए ।
सहकोषाध्यक्षमा कमला पोखरेल शर्मा पराजुली मञ्जु ८६८ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी जाकिर हुसेनले ५४२ मत प्राप्त गरे । एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेल ७८१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी भानुभक्त खत्री ६२४ मत पाए ।
संघको उद्योग सदस्यतर्फको मतगणनामा दीपक बास्तोला र ज्ञानबहादुर पुनले समान ६५६ मत प्राप्त गरेपछि परिणाम टुंग्याउन गोला प्रक्रिया अपनाइएको थियो । दुवै उमेदवारको सहमतिमा गरिएको गोला प्रक्रियाबाट पुन निर्वाचित भए ।
उद्योगतर्फ सुनिता शर्मा बन्जाडे ८३१, गोपाल टण्डन ६७९ र लेखनाथ भण्डारी ६७६ मतसहित निर्वाचित भए । पुन गोला प्रक्रियाबाट निर्वाचित भएपछि उद्योगतर्फ चार सदस्यको टुंगो लागेको हो ।
वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भट्टराई ८२८, सुनिता गिरी ७२७, रामबहादुर भण्डारी ६६१ र उमेश अमात्य ६५४ मतसहित निर्वाचित भए ।
खुला सदस्यतर्फ विष्णु घिमिरे पन्थ कमला ८४६, दीपक घिमिरे ७८८, सुनिता अर्याल ७६४, प्रदीप शाक्य ७२३, विष्णुप्रसाद उपाध्याय ६८७, गोपालप्रसाद बस्याल ६५६ र विजयकुमार बर्णवाल ६२५ मतसहित निर्वाचित भए ।
महिला सदस्यतर्फ रेनु श्रेष्ठ ६९९ र मञ्जु पुरी गिरी ६२२ मतसहित निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असोज २७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्