लायन्स क्लब अफ बुटवल एसियनको आयोजनामा मानवसेवा आश्रममा निःशुल्क आँखा शिविर

लायन्स क्लब अफ बुटवल एसियनको आयोजनामा मानवसेवा आश्रममा निःशुल्क आँखा शिविर

बुटवल-लायन्स क्लब अफ बुटवल एसियनको आयोजनामा रुपन्देहीको बुटवल सुख्खानगरस्थित मानवसेवा आश्रममा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सिविरमा ६५ जनाले आँखा परीक्षण गराएका छन्। परीक्षणका क्रममा सात जनामा मोतिबिन्दुको समस्या देखिएको छ। मोतिबिन्दुको समस्या देखिएका सातै जनाको सम्पूर्ण उपचार खर्च लायन्स क्लबले व्यहोर्ने भएको छ।

May be an image of one or more people and text

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन सन्दीप कसौधनले आँखा मानव जीवनको महत्वपूर्ण अंग भएकाले यसको नियमित परीक्षण र समयमै उपचार आवश्यक रहेको बताउनुभयो। उहाँले सामाजिक सेवामार्फत नागरिकको स्वास्थ्यमा योगदान पुर्‍याउनु लायन्सको महत्वपूर्ण उद्देश्य भएको उल्लेख गर्दै यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

May be an image of one or more people, train, hospital and text

कार्यक्रमका अध्यक्ष तथा लायन्स क्लब अफ बुटवल एसियनका अध्यक्ष लायन सरिता गिरीले आँखा परीक्षणका क्रममा मोतिबिन्दुको समस्या देखिएका सातै जनाको सम्पूर्ण उपचार खर्च क्लबले व्यहोर्ने जानकारी दिनुभयो। उहाँले आर्थिक अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले क्लबले सामाजिक तथा स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। कार्यक्रममा एरिया चिफ एमजेएफ लायन बैकुण्ठमान श्रेष्ठ ,क्लबकी संस्थापक अध्यक्ष लायन अनिता खत्री चुँदाली तथा मानवसेवा आश्रमकी संयोजक रिना थापालगायतले बोल्नुभएको थियो।

May be an image of one or more people and text

शिविरमा बुटवल लायन्स आँखा अस्पतालले प्राविधिक संयोजन गरेको थियो। आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा दृष्टिसम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको कार्यक्रम संयोजक लायन मीना अधिकारीले बताउनुभयो । क्लबकी प्रथम उपाध्यक्ष लायन गीता भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन क्लबकी सचिव लायन सरस्वती पाण्डेले गर्नुभएको थियो।

May be an image of one or more people, hospital and text

कार्यक्रम संयोजक लायन मीना अधिकारीसहित क्लबका सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको थियो। शिविरले आश्रममा आश्रित व्यक्तिहरूको आँखा स्वास्थ्य परीक्षणसँगै उपचार आवश्यक पर्ने बिरामीलाई सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

May be an image of one or more people and text

प्रकाशित मिति : बिहिबार, असोज २९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij