नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिलो

नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिलो

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बुधबार बुलेटिन जारी गर्दै असोज २८ गते (१४ अक्टोबर २०२६) देखि मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो।

महाशाखाका अनुसार यस वर्षको मनसुन बहिर्गमन असोज १७ गते ९३ अक्टोबर० देखि सुरु भएको थियो। उक्त दिन सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका केही स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो।

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ हो। तर, यस वर्ष औसत मितिभन्दा १२ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जनाएको छ।

मनसुन बाहिरिए पनि मौसममा परिवर्तन हुन सक्ने

नेपालबाट मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव कायम रहन सक्ने महाशाखाले जनाएको छ। त्यसैले मनसुन बाहिरिएको आधारमा मात्रै मौसम पूर्ण रूपमा सफा रहने निष्कर्ष निकाल्न नमिल्ने विभागको भनाइ छ।

महाशाखाले पछिल्लो मौसमी अवस्थाबारे नियमित सूचना लिन तथा मौसमसम्बन्धी जानकारीका लागि विभागका आधिकारिक सूचनामा ध्यान दिन सर्वसाधारण र सरोकारवाला निकायलाई अनुरोध गरेको छ।

मनसुनको बहिर्गमनसँगै नेपालमा वर्षायामको अन्त्य भएको संकेत मिले पनि स्थानीय वायुमण्डलीय प्रणाली र पश्चिमी वायुका कारण आगामी दिनमा मौसममा उतारचढाव आउन सक्ने देखिन्छ

प्रकाशित मिति : बुधबार, असोज २८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij