नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न शपथ ग्रहण कार्यक्रम दसैँ लगत्तै गरिने

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न शपथ ग्रहण कार्यक्रम दसैँ लगत्तै गरिने

ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न भएको छ

कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै यही असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको उनले जानकारी दिए ।

लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए ।

त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू तर्फको मतगणना पनि राति अबेर सकिएको उनले जनाए । अहिले सबैको मतपरिणाम रुजु गर्ने कार्य भइरहेकाले केहीबेरमा सबै नतिजा सार्वजनिक गर्ने तयारी छ । अन्य पदहरूको भने यसअघि नै गणना सम्पन्न भइसकेको थियो । मतगणना कार्य झण्डै एक हप्तामा सकिएको हो । राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै घोषणा भएको थियो ।

अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा गरिएको थियो । १४ औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए ।

सदस्य सचिव कटुवालका अनुसार गणना सुरू भएकै दिनदेखि दिन र रातमा झण्डै २५ समूह बनाएर गणना गराइएको थियो । मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सिर्जना नभएको र सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उनको भनाइ छ ।

यस पटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको उनले बताए । कूल २२९ पदका लागि भएको थियो भने हरेक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।

निर्वाचित पदाधिकारी तथा सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम भने दसैँलगत्तै गरिने जानकारी दिइएको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज ३० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij