सुनकोशीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार गम्भीर घाइते

सुनकोशीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार गम्भीर घाइते

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना गम्भीर घाइते भएका छन् भने तीन जना बेपत्ता छन्

काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ

प्रहरीका अनुसार घटनास्थलबाट तीन महिलाको शव फेला परेको छ। उनीहरूको सनाखत हुन बाँकी छ।

घाइते हुनेमा सुमो चालक ओखलढुङ्गाका २९ वर्षीय आशिष विष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक छन्।

चारै जनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पठाइएको छ। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ६० किलोमिटर पूर्वमा पर्छ। खुर्कोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले बेपत्ताको खोजी तथा थप उद्धार कार्य गरिरहेको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : आइतबार, कार्तिक २ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij