लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्तिकाे निर्णय रद्द गर्न जेनजी नागरिक अभियानको माग

लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्तिकाे निर्णय रद्द गर्न जेनजी नागरिक अभियानको माग

काठमाडौँ,

राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनि छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णय तत्काल रद्द गर्न माग गरेको छ ।

असोज ३० गतेको मन्त्रिपरिषद् बैठकबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सरकारले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

उक्त नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अभियानले सोमबार एक विज्ञप्तिमार्फत कानुनी अनुसन्धानको घेरामा रहेको व्यक्तिलाई पवित्र धार्मिक तथा सांस्कृतिक सम्पदाको विकास र व्यवस्थापन गर्ने निकायको नेतृत्व दिनु विधिको शासन र सुशासनको सिद्धान्तविपरीत भएको दाबी गरेको छ ।

अभियानले डोल्माको सम्पत्तिसम्बन्धी विषय २०५७ सालदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा विचाराधीन रहेको र नागरिकतासम्बन्धी विषयमा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले छानबिन गरिरहेको जनाएको छ ।

विज्ञप्तिमा २०६४ सालमा साविक चापाकोट प्रहरी चौकी क्षेत्रका स्वर्गीय कञ्चनबहादुर लामाको नक्कली छोरी बनेर नागरिकता लिएको आरोपसमेत उल्लेख गरिएको छ । कञ्चनबहादुरका छोरा प्रमाणसिंह लामा र स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको अभियानको दाबी छ ।

त्यस्तै,तत्कालीन प्रहरी परिसर काठमाडौँले २०७६ पुस ४ गते चलानी नम्बर ४६४० मार्फत मागेको नागरिकतासम्बन्धी विवरण जिल्ला प्रशासन कार्यालयले अझै उपलब्ध नगराएको अभियानले जनाएको छ ।

अभियानले उक्त नियुक्तिले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षामाथि चुनौती खडा गरेको दाबी गर्दै निर्णय तत्काल रद्द गर्न सरकारसँग माग गरेको छ ।

माग सम्बोधन नभए बृहत् नागरिक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिँदै अभियानले त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij