काठमाण्डौ – नेपाल राष्ट्र बैंकले वेबसाइटसम्बन्धी गम्भीर सुरक्षा जोखिम देखिएको भन्दै सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
बैंकले आज अत्यन्त जरुरी सूचना निकालेर वेब प्रविधि अर्थात् ‘पीएचपी’मा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राखेर आफ्नो वेबसाइटलगायतका सेवाहरू पनि अस्थायी रूपमा बन्द गरेको जनाएको छ । राष्ट्र बैंकले यस अवधिमा बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न अनुरोध गरेको छ ।
त्यसैगरी, साइबर सुरक्षामा विशेष ध्यान दिन, आवश्यक सुरक्षा सतर्कता अपनाउन, प्रयोगमा रहेका प्रणालीलाई सुरक्षित बनाउन र नियमित सुरक्षा निगरानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
-1792724524.jpg)
प्रकाशित मिति : शुक्रबार, कार्तिक ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्