कपिलवस्तु, ।
कपिलवस्तुको वाणगंगामा कार दुर्घटना हुँदा १ जनाको मुत्यू भएकोे छ । कपिलवस्तु नगरपालिका वडा नं। ९ हरनामपुरबाट चारनम्बरका लागि आउँदै गरेको नीजि कार बोडगाउँ नजिकै दुर्घटनामा परेको हो । बा ८ च ६३९० नं।को कार दुर्घटना हुँदा सुरेश पाण्डेको मृत्यु भएको छ । पाण्डे स्वय्मले सो कार चलाउनुभएको थियो ।
सडकबाट विद्युतको पोलमा ठोक्किन पुगेको कार क्षतिग्रस्त अवस्थामा छ । पाण्डेको घटनास्थलमै मृत्यु भएको हो । कारमा अन्य चार जना सवार थिए । ती सबै पाण्डेकै आफन्तहरु रहेको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाको बुटवलमा उपचार भैरहेको छ भने दुई जना सामान्य उपचारपछि घर फर्किएका छन् । बुटवलमा रामेछाम मन्थली नगरपालिका १ बस्ने ३५ बर्षीय दुर्गा आचार्य, सोही ठाउँकी ३० बर्षीया अनिता आचार्य र कपिलवस्तु नगरपालिका वडा नं। ९ बस्ने ४६ बर्षीय विष्णु पौडेलको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
पाण्डेको परिवारमा सोमबार विवाहको कार्यक्रम थियो । उहाकी बहिनीको सोमबार विवाह गर्ने तरखर थियो । वाणगंगाको पीस हिमालय रिर्सोटमा हुने बहिनीको विवाहको लागि पाण्डेसहितका आफन्त विहानै चारनम्बर आउन लागेका थिए । चारनम्बर नपुग्दै उहाको दुखत निधन भयो । यो संयोगले झन परिवारमा बज्रपात गराएको छ ।
२८ बर्षीय पाण्डे बनगाईस्थित ग्लोबल आईएमई बैंकका शाखा प्रमुख हुनुहुन्थ्यो । जनता बैंकबाट काम गर्दै आउनुभएका पाण्डे हालै ग्लोबल आईएमई बैंक गाभिएपछि बनगाईमा शाखा प्रमुखको रुपमा भर्खरै जिम्मेवारी सम्हाल्नुभएको थियो ।
तीव्र गतिकै कारण कार दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुश कुमार जोशीले तीव्र गतिका कारण कार अनियन्त्रित हुँदा दुर्घटना भएको बताउनुभयो ।
प्रकाशित मिति : सोमबार, मंसिर २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्