काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो प्राप्त भएपछि सबै ग्यास उद्योगलाई पत्राचार गर्दै अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
निगमका निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यसअघि पनि २०८१ साउन ३० गते र २०८१ माघ १० गते सम्बन्धित सङ्घलाई पत्राचार गरिएको उल्लेख छ।
पत्रमार्फत ग्यास उद्योगबाट नियुक्त बिक्रेताले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गरी बिक्री वितरण गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
निगमले उपभोक्ताले ग्यास खरिद गर्दा बिलबिजक प्राप्त गर्ने सुनिश्चितताका लागि उक्त व्यवस्था कार्यान्वयन गर्न सबै ग्यास उद्योगलाई अनुरोध गरेको छ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्