बुटवल । डविड मलानको उत्कृष्ट ब्याटिङ र कमल ऐरिको कसिलो बलिङमा चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल०मा विजयी सुरुवात गरेको छ।
मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराउँदै चितवनले एनपीएलमा सुखद सुरुवात गरेको हो।
चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर ३ बल अगावै १ सय ४९ रनमा अलआउट भयो। विराटनगरका लागि ओपनर इमरान शेखले ३९ र लोकेश बमले २६ रन बनाए। आन्द्रे रसेल ३३ रन बनाउँदै पेभेलियन फर्के। एंगेलो म्याथुसले १४ र बसिर अहमदले १३ रन थपे। रुपेश सिंह, प्रतिश जि।सी र कप्तान सन्दीप लामिछाने शुन्य रनमा नै आउट भए।
चितवनका लागि कमल ऐरिले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा २६ रन खर्चे। रिजन ढकालले २ विकेट लिए। रन्जित कुमार, टम टेलर, डान मुस्ले र मौसम ढकालले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५७ रनको योगफल तयार पारेको थियो। चितवनका लागि ओपनर डविड मलानले ७० रनको महत्वपुर्ण योगदान दिए। उनले ५० बलमा ५ चौका र ५ छक्का सहयोगमा ७० रन बनाउँदा आन्द्रे रसेलको बलमा बोल्ड आउट हुन पुगे। अर्का ओपनर देव खनालले १५ बलमा १२ रन बनाउँदा आउट भए। अर्जुन साउद ३ रन बनाउँदा क्याच आउट हुन पुगे।
कप्तान रवि बोपारा ३२ र डान मुस्ले २९ रनमा अविजित रहे। रविले २६ बलमा १ चौका र २ छक्का प्रहार गरे। विराटनगरका लागि एंगेलो म्याथुस, आन्द्रे रसेल र चरिथ असलंकाले समान एक विकेट लिए।
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्