एनपीएलमा आज दुई खेल हुँदै

एनपीएलमा आज दुई खेल हुँदै

एनपिएल उद्घाटन खेलमा दर्शकले भरिभराऊ त्रिवि क्रिकेट मैदान काठमाडौँ, ९ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भरिभराऊ दर्शकको ड्रोनबाट लिइएको दृश्य । तस्बिर : घनश्याम श्रेष्ठ/रासस

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन्

आज अपराहन्न साढे १२ बजेदेखि शुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमने सामने हुदैछन्

जारी प्रतियोगितामा विराटनगर किंग्सले ५ खेलमा २ जित र ३ हारसहित ४ अंक हासिल गरेको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै पोखरा एभेन्जर्सले भने ५ खेलमा एक खेलमा मात्र जित हासिल गरेको छ ।

त्यसैगरी, आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दैछन् । कर्णालीले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ र ४ अंकसहित सातौं स्थानमा छ भने लुम्बिनीको ५ खेलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij