काठमाडौँ। कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई सवारी साधन कर्जा प्रवाह गर्न सुरु गरेको छ ।
कोषले सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२ बमोजिम हलुका सवारी साधन खरिदका लागि सापटी प्रवाह सुरु गरेको हो ।
कोषले सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै सञ्चयकर्ताका लागि चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सापटी उपलब्ध गराउन थालिएको जानकारी दिएको छ ।
कोषका अनुसार सञ्चयकर्ता सवारी साधन सापटी कर्मचारी सञ्चय कोषको सञ्चयकर्ता कर्जा विभाग, लगनखेल ललितपुरबाट प्रवाह हुनेछ ।
प्रकाशित मिति : सोमबार, कार्तिक ३० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्