बुटवल ।
हिंसा बिरुद्ध १६ दिने अभियानकै क्रममा एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवल र निर्माणाधिन बुटवल महिला समुहले छुट्टा छुट्टै रुपमा हिंसा बिरुद्ध सचेतना कार्यक्रम गरेका छन् ।
एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवलले बुटवलको साधना महिला बिद्यालयमा र निर्माणधिन बुटवल महिला समुहले बुटवल वडा नं९ को आमा समुहका आमाहरुलाई प्रशिक्षणात्मक सचेतना कार्यक्रम गरेको हो ।
त्यस अवसरमा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्व महासचिव करुण खनाल र पूर्व संयोजक तथा सल्लाहकार वरिष्ट अधिवक्ता शालिकराम वञ्जाडेले हिंसा बिरुद्धका कानुनी व्यबस्था तथा न्यूनिकरणकालागि गर्न सकिने उपायहरुका बारेमा प्रशिक्षण गर्नुभएको थियो ।
मानव अधिकारको क्षेत्रमा क्रियाशिल एम्नेष्टिले लैंङ्गिक हिंसा पनि मानव अधिकारको आधारभूत अधिकारमा पर्ने भएकाले हिंसा बिरुद्ध सचेनामुलक कार्यक्रम गरिएको समुह १२ बुटवलकी संयोजक सरिता भारीले बताउनु भयो । त्यस्तै मानव अधिकारको प्रवद्र्धन र रक्षाका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउँदै त्यसकालागि सबै सचेत हुनु पर्ने भएकाले त्यसकैकालागि कार्यक्रम गरिएको निर्माणधिन बुटवल महिला समुहकी संयोजक जानकी नेपालले बताउनु भयो ।
मानव अधिकारको क्षेत्रमा अन्तर्राष्ट्रिय संस्था एम्नेष्टि इन्टरनेशन नेपाल समुह १२ बुटवल र निर्माणधिन महिला समुहले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पर्व सन्ध्यामा साँझ बुटवलको ट्राफिकचोकमा दीप प्रज्वलन समेत गरिएको सहसंयोजक कबिन्द्र नेपालले जानकारी गराउनु भयो ।
प्रकाशित मिति : मंगलबार, मंसिर २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्