यातायात कार्यालय रुपन्देहीबाट बिचौलियाको आरोपमा सात जना पक्राउ

यातायात कार्यालय रुपन्देहीबाट बिचौलियाको आरोपमा सात जना पक्राउ

बुटवल

यातायात व्यवस्था कार्यालय रुपन्देही परिसरबाट बिचौलियाको काम गरिरहेको आरोपमा सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा बिचौलियाको काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका–५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका–१३ का ४३ वर्षीय लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुषाल रहेका छन् । त्यस्तै, बुटवल–८ का ५४ वर्षीय ऋषिराम खनाल, शुद्धोधन गाउँपालिका–१ का ३१ वर्षीय विजय क्षेत्री र पाल्पाको बगनासकाली गाउँपालिका–१ का ५३ वर्षीय परमधोज श्रेष्ठ पनि पक्राउ परेका छन् ।

उनीहरूलाई मंसिर ८ गते नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको

छ ।

 

प्रकाशित मिति : मंगलबार, मंसिर ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij