देवदका दलित महिला जनप्रतिनिधिको गुनासो : कोटामा सीमित पारियो, अब कार्यकारी नेतृत्व चाहिन्छ

देवदका दलित महिला जनप्रतिनिधिको गुनासो : कोटामा सीमित पारियो, अब कार्यकारी नेतृत्व चाहिन्छ

बुटवल – स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै कार्यकारी नेतृत्व र अर्थपूर्ण भूमिका स्थापित हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । बुधबार जागरण मिडिया सेन्टरले देवदहमा आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरूले अब दलित महिला कोटामा मात्र सीमित नभई मुख्य नेतृत्वमा आउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा संविधानसभा सदस्य कमला विश्वकर्माले संविधानको बाध्यकारी व्यवस्थाले सहभागिता सुनिश्चित गरे पनि समाजले महिला नेतृत्वलाई अझै सहजै स्वीकार गर्न नसकेको बताइन् । ूदलित महिला जनप्रतिनिधि कहाँ छन् र के गर्दैछन् भन्ने खोजी भइरहेको छ,ू विश्वकर्माले भनिन्, ूमहिला जतिसुकै सक्षम भए पनि समाजको दृष्टिकोण बदलिएको छैन, अझ प्रविधिबाट समेत हिंसा भइरहेको छ ।ू
उनले दलित समुदायका महिलाहरु वडा सदस्यमा मात्र सीमित नभई कार्यकारी नेतृत्वमा आउनुपर्नेमा जोड दिइन् ।

कार्यपालिका सदस्य लक्ष्मी विकले पार्टीले टिकट दिए आगामी निर्वाचनमा वडाअध्यक्षको उम्मेदवार बन्ने इच्छा रहेको बताइन् । हिजो धेरै कुरा थाहा नहुँदा पनि काम गरेको स्मरण गर्दै उनले अहिले धेरै कुरा सिकेका कारण काम गर्न सहज हुने बताइन् । अर्का कार्यपालिका सदस्य टिकिसरा सुनारले एक्कासि टिकट पाउँदा सुरुका दुई वर्ष काम सिक्नमै बितेको र बल्ल बुझ्ने बेला कार्यकाल सकिएको अनुभव सुनाइन् ।  यस्तै, देवदह–५ की वडा सदस्य संगीता विकले चुनाव जिते पनि काम गर्ने वातावरण र अधिकार नपाएको गुनासो गरिन् । ूदलित महिला सदस्य भएर केही पनि थाहा पाइएन, हामी थापना मात्रै भयौँ, कोटामा मात्रै सीमित भइयो,ू उनले भनिन्, ूअब दलित सदस्यमा मात्र होइन, वडाअध्यक्षमै उठ्नु पर्छ ।ू उनले सामुदायिक वनको भ्रमण र वडाकै कतिपय गतिविधिमा समेत विभेद भोग्नुपरेको बताइन् ।

देवदह–१० की वडा सदस्य कमला दर्जीले बजेट बाँडफाँड र निर्णय प्रक्रियामा भूमिका नपाएको गुनासो गरिन् । देवदह–८ की दलित महिला सदस्य झपिन्द्र कुमारी विकले कार्यवाहक वडाअध्यक्षको भूमिका समेत निर्वाह गरिसकेको उल्लेख गर्दै अबको चुनावमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राखिन् ।
देवदह–७ का वडा सदस्य टिकराम सुनारले विगतको तुलनामा विभेद कम भए पनि दलित समुदायको अर्थपूर्ण उपस्थिति अझै आवश्यक रहेको बताए । कार्यपालिका सदस्य गोविन्द पासीले भने दलित समुदायका विषयमा आवाज उठाउँदा स्वयं समुदायको सहभागिता कमजोर हुने गरेको टिप्पणी गरे ।
टोल विकास संस्थाकी अध्यक्ष सीता सुनार र राधा परियारले बाटो हिँड्दादेखि नेतृत्व लिने बेलासम्म समाजमा विभेद कायम रहेको बताए ।
अधिकारकर्मी गोविन्द ठडराईले प्रत्यक्ष विभेद नदेखिए पनि कोठा भाडा नदिने जस्ता सूक्ष्म विभेद कायम रहेकाले गैरदलित समुदायसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए ।
देवदह प्रेस क्लबका अध्यक्ष विष्णुप्रसाद पोखरेलले पालिकामा सीमान्तकृत समुदायको उपस्थितिको तथ्यांक संकलन र मुद्दा उठानमा मिडियाले काम गरिरहेको बताए । पत्रकार टंकबहादुर सुनारले देवदहका संघसंस्थामा दलित समुदायको उपस्थिति शून्य प्रायः रहेको औँल्याए भने मिडियाकर्मी पवन पौडेलले धार्मिक कार्यक्रममा हुने विभेद विरुद्ध मिडियाले खबरदारी गरिरहेको बताए ।
जागरण मिडिया सेन्टरको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अधिकारकर्मी, टोल विकास संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूले आगामी निर्वाचनमा दलित समुदायको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व विकासका विषयमा छलफल गरेको जागरण मिडिया सेन्टरका  विनोद परियारले बताए ।  साथै छलफलले कार्यापालिका सदस्य लक्ष्मी सुनारकाे संयाेजकत्वमा दलित महिला सञ्जाल देवदह गठन गरिएकाे छ ।

—

प्रकाशित मिति : बिहिबार, मंसिर १० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij