बुटवल ।
संघिय सरकारले प्रत्येक स्थानिय तहमा एक अस्पताल बनाउने घोषणा गरे बमोजिम उक्त योजनालाई पुर्णता प्रदान गर्ने उद्देश्यले रुपन्देहीको देवदहमा १५ शैयाको सरकारी अस्पताल निर्माण हुने भएको छ ।
स्थानिय स्तरमै जनतालाई सर्वशुलभ ढंगले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले देवदह नगरपालीका वडा नम्बर ५ खैरेनीमा उक्त अस्पताल बन्ने भएको हो ।
करिब ९ करोड रुपैयााको लागतमा निर्माण हुने सो अस्पताल निर्माणका लागि डिपिआर तयार भैसकेको र नगरपालीकाबाट निर्णय स्विकृत भैसकेको देवदह नगरपालिकाले जनाएको छ ।यसबर्ष नै उक्त अस्पतालको निर्माण कार्य शुरु गर्ने लक्षका साथ काम अघि बढाइएको र चालु आर्थिक बर्षमा ३ करोड बजेट बिनियोजन गरिएको नगरप्रमुख हिराबहादुर केसीले बताउनुभयो ।
नगर प्रमुख केसीका अनुसार हाल बहुबर्षिय योजना अन्तर्गत टेण्डर निकाल्ने तयारी भैरहेको, अस्पताल निर्माणको पहिलो किस्ता वापत चालु आवका लागि देवदह नगरपालीकाले डेढ करोड बजेट छुट्टाईसकेको र संघिय सरकारसँग समपुरक अनुदान स्वरुप डेढ करोड माग गरिएको छ ।छिट्टै अस्पताल निर्माणको काम शुरु हुने र आगामी ३ बर्षभित्र अस्पताल निर्माण सम्पन्न भै संचालनमा आउने पनि नगर प्रमुख केसीले बताउनुभयो ।
देवदहमै बुटवल र भैरहवा सरहको स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य पुरा गरि छाड्ने प्रतिबद्धता जनाउनुभयो ।
पुर्व पश्चिम महेन्द्र राजमार्ग छेउमै बन्ने उक्त अस्पतालले रुपन्देही र नवलपरासीका लाखौं जनता स्वास्थ्य सेवाबाट लाभांवित हुनुका साथै सो क्षेत्रमा भैरहने अत्यधिक सवारी दुर्घटनाबाट हुने मानविय क्षति न्यूनिकरण गर्ने बिश्वास गरिएको छ ।
करिब १५ कठ्ठा जग्गामा स्थास्थ्य मन्त्रालयको मापदण्ड बमोजिमको आधुनिक सुबिधा सहितको भवन निर्माण हुने सो अस्पतालमा १५ वटा शैया सहितको आकस्मिक सेवा, बहिरंग सेवा, बिशेषज्ञ सेवा सहित अन्य सेवाहरु रहने प्रमुख केसीले बताउनुभयो।
प्रकाशित मिति : सोमबार, मंसिर ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्