बुटवल
रुपन्देहीको बुटवलमा भएको सातौँ एभरेष्ट कप जिल्ला स्तरीय छात्रछात्रा भलिबल प्रतियोगिताको उपाधी आयोजक एभरेष्ट र मणिमुकुन्दले जितेका छन् । एभरेष्ट इङ्गलिस माध्यमिक विद्यालयको आयोजनामा भएको खेलमा छात्रतर्फ मणिमुकुन्दले सिद्धार्थ इङ्गलिस बोर्डिङ्ग स्कुललाई दुई शुन्यको सोझो सेटमा हराएर उपाधी जितेको हो । यस्तै छात्रातर्फ आयोजक एभरेष्टले पनि नवज्योति इङ्गलिस बोर्डिङ्ग स्कुललाई दुई शुन्यको सोझो सेटमा हराएको हो । छात्रछात्रातर्फका दुबै विजेताले २०÷२० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पारेका छन् । यस्तै द्वितीय बनेका सिद्धार्थ र नवज्योतिदले १५÷१५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हातमा चित्त बुझाएका छन् । त्यसैगरि छात्रछात्रातर्फनै न्यू होराईजनले तृतिय स्थान हासिल गरेको छ । छात्रतर्फ एभरेष्टलाई र छात्रातर्फ बुद्धपब्लिकलाई हराएर न्यू होराईजनले तृतिय स्थान हासिल गरेको हो । होराईजनले नगद १०÷१० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पारेको एभरेष्टका खेल प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिनुभयो ।
विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले खेलकुलको सम्भावना पछिल्लो समय राम्रो भएकाले विद्यार्थीको सहभागिता खेल क्षेत्रमा बढाउनु पर्ने बताउनुभयो । नेपालले खेल क्षेत्रमा राम्रो नजिता ल्याउन थालेको उल्लेख गर्दै मन्त्री बरालले साग खेलमा नेपालको उत्कृष्टता त्यसैको परिणाम भएको बताउनुभयो । उहाँले संस्थागत विद्यालयले खेल क्षेत्रमा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भलिवल संघका अध्यक्ष योग गुरुङ्ग, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, शिक्षक माधव पौडेल लगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । यस्तै हालै काठमाण्डौमा सम्पन्न सागमा भलिवलतर्फको खेलमा रजत पदक दिलाउन सफल भएकोमा एभरेष्टकी विद्यार्थी भलिवल खेलाडि पुनम चन्दलाई विद्यालयले ५० हजार नगद सहित सम्मान गरेको छ । उनले बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन सिनियर ओमन्स भलिवल कम्पिटिशनमा पनि नेपाली भलिवल टिमलाई स्वर्ण पदक जिताउन सफल भएकी थिईन् । यस्तै एभरेष्टकै खेल प्रशिक्षक अर्जुन घिमिरेलाई पनि नगद ११ हजार सहित विद्यालयले सम्मान गरेको छ । बंगलादेशमा र साग खेलमा भलिवलतर्फ राम्रो नतिजा ल्याउन सफल बनाएको भन्दै एभरेष्ट माविले सम्मान गरेको विद्यालयका सहायक प्रिन्सिपल भिमसेन गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, पुष ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्