सैनामैना ।
सैनामैनाको मुर्गिया स्थित सुनगाभा पब्लिक माध्यमिक विद्यालयको २४ अौँ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आज विविध कार्यक्रम सम्पन्न भएका छन् ।
आगामी पौष १० गते हुने अभिभावक दिवसको अवसर पारेर आजदेखि विभिन्न कार्यक्रम सञ्चालन भएका हुन् । आज पहिलो दिन२ तर्फ क्रिकेट , भलिबल र दौड प्रतियोगिता सम्पन्न भएका छन् ।
सैनामैनाको मुर्गियामा बन्दै गरेको बहुउद्देश्यीय क्रिकेट रंगशालामा आज पहिलो दिनको खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत क्रिकेट प्रतियोगितामा कक्षा ११ लाई ४ रनले पराजित गर्दै कक्षा १२ प्रथम भएको छ । कक्षा १२ ले प्रस्तुत गरेको ८१ रनको विजयी लक्ष्य कक्षा ११ का ब्याट्सम्यानले दोहोरो अङ्क बटुल्न नसक्दा कक्षा ११ पराजित भएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै कक्षा ११ का अर्जुन ओली म्यान अफ द म्याच हुन सफल भएका छन् ।
यस्तै, आजै भएको ८०० मिटर दौडमा केशब श्रेष्ठ प्रथम , राजन श्रेष्ठ द्वितीय र राजेश बराल तृतीय भएका छन् । भने ४०० मिटर दौड छात्र तर्फ राजन श्रेष्ठ प्रथम , सम्राट विक्रम रणपाल द्वितीय र आदित्य सुनार तृतीय भएका हुन । छात्रा तर्फ ४०० मिटर दौडमा शान्ति क्षेत्री प्रथम , सविना गाहा द्वितीय र प्रतिमा भट्टराई तृतीय भएका हुन ।
त्यस्तै, आजै भलिबल प्रतियोगिता पनि सम्पन्न भएको छ । सम्पन्न भलिबल प्रतियोगितामा छात्र तर्फ कक्षा ११ एचएम म्ययानेजमेन्टलाई सोझो सेटमा पराजित गर्दै कक्षा १२ आर्ट एजुकेसन प्रथम भएको छ भने छात्रा तर्फ कक्षा १२ लाई हराउँदै कक्षा ११ ले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर सञ्चालन गरिएका विविध कार्यक्रम अन्तरगत भोलि ६ गते फुटबल , ७ गते हाजिरी जवाफ , ८ गते क्रस कन्ट्रि रेस हुने भएका छन भने ९ गते बृहत् चेतनामूलक सरसफाइ कार्यक्रम र १० गते बृहत् रक्तदान कार्यक्रम सहित अभिभावक दिवस मनाउने कार्यक्रम रहेको ं२ संयोजक सञ्जय गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शनिबार, पुष ५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्