बटवल ।
पूर्ण खोप दिगोे हुने गरी कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा आज बुटवलमा सरोकारवालहरुसँग छलफल गरिएको छ ।‘जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्लाका रुपमा घोषणा गर्नुपूर्व के कस्ता समस्याहरु हुन सक्छन् । दिगो कसरी बनाउन सकिन्छ भन्ने विषयमा बुटवलमा अभिमुखीकरण समेत गरिएको हो जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताउनुभयो, ‘पूर्ण खोप सँगै खोपलाई गुणस्तरीय समेत बनाइने पनि बताउनुभयो । प्रदेश पाँचका स्वास्थ्य निर्देशक डा. विनोद गिरी सबै बालवालिकाहरुलाई सबै किसिमका खोप लगाउने काममा स्थानीय तहका महत्वपूर्ण भूमिका हुने बताउनुभयो त्यसकारणले ‘स्थानीय तहहरुले विशेष जोड दिएर काम गर्नुपर्ने पनि उहाको भनाइ रहेको छ । त्यस्तै कार्यक्रममा संयोजक एकराज विश्वकर्माले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्लाका रुपमा घोषणासहित त्यसको दिगो कार्यन्वयन हुने गरी काम गर्न खोजिरहेको बताउनुभयो ।खोपलाई व्यवस्थित गर्न जिल्लाले स्थानीय तहहरुसँग समन्वय गर्नुपर्नेमा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरी ले बताउनुभयो ् ।
खोपमा गुणस्तर ल्याउन र थप प्रभावकारी बनाउन रुपन्देहीको मायादेवी गाउँपालिकाबाट यही १४ गेतेदेखि बालवच्चालाई शारिरीक परीक्षण गरेर मात्र खोप लगाउने कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।जिल्ला, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुले पूर्ण खोप सुनिश्चितताका लागि आवश्यक समन्वय र सहकार्य गर्ने बताए का थिए । खोप लगाउने क्रम सुरु भएसँगै नेपालमा बाल मृत्युदर घट्दै गएको तथ्यांकले देखाउँछ । खोप कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन खोप लगाउन छुटेका बालवालिकाहरुको पहिचानमा जोड दिनु विज्ञहरुको जोड छ।
रुपन्देहीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी सुरु भए को छ । पूर्ण खोप सुनिश्चितलाई घोषणा मात्रमा सीमित गर्न नहुने गरी छलफल सुरु भएको हो ।
प्रकाशित मिति : शनिबार, पुष ५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्