जनता टुडे /बुटवल
बुटवलमा सन्चालन भइरहेको स्व. राजु लामा स्मृती खुल्ला स्नुकर प्रतीयोगीताको फाइनल समिकरण पुरा भएको छ। आइतबार क्लब थर्टिनमा सम्पन्न सेमिफाइनल खेलमा काठमाण्डौका राजन लामाले रुपन्देही पुल तथा स्नुकर सघंका उपाध्यक्ष बुटवलका सुजन पुनलाइ ५ –३ को सेटमा पराजीत गर्दै सबिन तामाङसगको भेट पक्का गरेका हुन । काठमाण्डौकै सबिनले भैरहवाका कसिस क्षेत्रीलाइ ५ –३ कै सेटमा पराजीत गरी फाइनलको यात्रा तय गरेका थिए ।
फाइनल खेल शनिबार दिउसो १२ बजे क्लब थर्टिनमै हुने आयोजकले बताएको छ । क्लब थर्टिनको आयोजना तथा रुपन्देही पुल तथा स्नुकर सघंको संरक्षकत्वमा सन्चालीत प्रतीयोगीतामा १२८ खेलाडीहरुले सहभागीता जनाएका थिए । प्रतीयोगीतामा प्रथम हुने खेलाडीले नगद ५० हजार तथा उपबिजेताले २५ हजार प्राप्त गर्ने छन भने सेमिफाइनलीस्ट दुइ खेलाडीलाइ जनही ५,५ हजार प्रदान गरिने रुपन्देही पुल तथा स्नुकर सघंका सचिब शिब रानाले जानकारी दिए । यस्तै बिधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाइ पनी सम्मान गरिने बताइएको छ ।
प्रकाशित मिति : आइतबार, पुष ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्