JanataToday.com

Advertisment

SKIP THIS

सुनचाँदी व्यवसायीसँग कर तथा लेखा सम्बन्धी सचेतना कार्यक्रम

सुनचाँदी व्यवसायीसँग कर तथा लेखा सम्बन्धी सचेतना कार्यक्रम

बुटवल /जनता टुडे

रुपन्देही सुनचाँदी व्यवसायी संघ र आन्तरीक राजस्व कार्यालय बुटवलको संयुक्त आयोजनामा सुनचाँदी व्यवसायीहरुलाई आईतबार बुटवलमा एक दिने कर तथा लेखा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

व्यवसाय गर्दा कसरी शुरु गर्ने, के कस्ता क्षेत्रमा कर लाग्छ, व्यवसायीहरुले लेखा प्रणाली कसरी राख्ने जस्ता बिषयमा जानकारी गराउने उदेश्यले कार्यक्रम गरिएको हो ।

सो अवसरमा आन्तरीक राजस्व कार्यालय बुटवलका प्रमुख धु्रवराज ज्ञवालीले कर र लेखा प्रणालीका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले धेरैजसो व्यवसायीहरुले आफ्नो व्यवसाय शुरु गर्दा कर र लेखा प्रणालीबारेमा अनविज्ञ हुँदा समस्या आउने गरेकाले बुझेर व्यवसाय गर्दा सहज हुने बताउनुभयो । उहाँले व्यवसायीले राज्यलाई कर तिर्न कुनै समस्या नहुने भन्दै लेखा प्रणाली चुस्त राख्न सुझाव दिनुभयो ।

कार्यक्रममा रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम.बि विश्वकर्माले सुनचाँदी व्यवसायीहरुमा कर र लेखाका बारेमा जानकारी नहुँदा व्यवहारिक कठिनाई भोग्नुपरेको भन्दै सचेतना कार्यक्रमले त्यसलाई चिर्न सहयोग गर्ने बताउनुभयो ।

रुपन्देही सुनचाँदी व्यवसायी संघका आठ वटा शाखाका कार्यसमितिहरुको सहभागितामा सचेतना कार्यक्रम गरिएको हो । संघका अध्यक्ष एम।बि।बिश्वकर्माको अध्यक्षता, आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख धु्रवराज ज्ञवालीको प्रमुख आथित्य, सचिव किशोर सेन्चुरीको सञ्चालनमा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका अधिकृत गोपिकृष्ण पाण्डेले बोल्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, पुष ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij