सरकारीबाट निजीमा सुटुक्क बिरामी पठाउने काम बन्द गर्नु पर्छ :मुख्य मन्त्री पोखरेल

सरकारीबाट निजीमा सुटुक्क बिरामी पठाउने काम बन्द गर्नु पर्छ :मुख्य मन्त्री पोखरेल

 

बुटवल, पुष १० (जनता टुडे) – प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले बुटवलका निजी स्वास्थ्य संस्थाहरुले सेवाभन्दा बढी नाफा कमाउने उद्देश्यले बिरामी बोक्ने एम्बुलेन्सलाई समेत कमिशन दिने गरेको बताउनु भएको छ ।

गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा संचालित बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको ७ औं स्थापना दिवसका अबसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोखरेलले सो कुरा बताउनु भएको हो । ‘बिरामी ल्याइदिए बापत एम्बुलेन्स र व्यक्तिलाई कमिशन दिने स्वास्थ्य संस्थाले बिरामीलाई कस्तो सेवा देलान ?’ मुख्य मन्त्री पोखरेलले भन्नु भयो ‘पहिले बिरामी किन्ने कुरामा चितवन बदनाममा थियो, अहिले बुटवल बदनाम हुंदैछ’ ।

सरकारी अस्पतालका कोठा भित्र बसेर निजी अस्पतालमा सुटुक्क बिरामी पठाउने काम बन्द गरीनु पर्नेमा मुख्य मन्त्रीले जोड दिनुभयो । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको अवस्था अहिले शुक्रबारे र बुधबारे हाटबजार जस्तो भएको टिप्पडी उहाँले गर्नुभयो ।अस्पतालको सुधार र स्तारोन्नतीकालागि अस्पतालका सटरहरु भत्काउनुपर्नेमा जोड दिंदै मुख्य मन्त्री पोखरेलले व्यवसायी तथा संघसंस्थाहरुले असहयोग गरेको भन्दै रोष प्रकट गर्नुभयो । अस्पताल सुधारका लागि प्रदेश सरकारले योजना ल्याउँदा संघसंस्थाहरुले व्यवसायीलाई बोकेर अदालत गएको भन्दै उहाले विकासका काममा अवरोध सृजना गरीएको उल्लेख गर्नु भयो ।

मुख्यमन्त्रीले मेडिकल कलेजहरुलाई अस्पताल चलाएर विद्यार्थी पढाउनेमा केन्द्रीत हुन आग्रह समेत गर्नु भयो । ‘विद्यार्थी पढाएर अस्पताल चलाउने होइन । अस्पताल चलाएर बचेको पैसाले विद्यार्थी पढाउनुस’ मुख्य मन्त्री पोखरेलले भन्नुभयो । प्रदेशमा स्वास्थ्य सुविधाको अवस्था कमजोर बन्दा जनताको विश्वास घट्दै गएको र उपचारका लागि बाहिर जाने क्रम बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । मेजर खालका उपचार तथा अप्रेसन सेवा प्रदेश भित्रै प्रबन्ध हुने गरी स्वास्थ्य क्षेत्रको विकास गरीने उनले बताउनुभयो । गौतमबुद्ध सामुदायिक अस्पतालको स्तरोन्नतिका लागि जग्गा उपलब्ध गराउन सहजीकरण गर्ने उल्लेख गर्दै उहाँले बुटवल उपमहानगरपालिले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशका सभासदहरु भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, अस्पतालका अध्यक्ष एजाज आलम, निर्देशक डा. समिर गौतम, व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे,रोटरी क्लब सेन्ट्रल बुटवलका राजेन्द्र कार्की, संस्थाका सचिव दिनेराज रेग्मी लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : बिहिबार, पुष १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij