सैनामैनामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क शिविर सम्पन्न

सैनामैनामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क शिविर सम्पन्न

सैनामैना ।
सैनामैना नगरपालिका,रोटरी क्लव अफ सैनामैनाको आयोजना तथा रोटरी क्लव अफ ऐला र रोट्रयाक्ट क्लव अफ सैनामैनाकोे सहयोगमा सैनामैनामा एक दिने निशुल्क महिला पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सैनामैना ६ कलौनी स्थित रामापुर माविमा आज भएको शिविर ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई स्वास्थ्यको बिषयमा जनचेतना जगाउने र उपचारको पहुँचमा पुर्याउने उद्देश्यले आयोजना गरिएको हो । शिविरमा करिब ६ सय ३० जनाले सेवा लिएको रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष प्रेम कुमार शर्माले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सामाजिक संस्थासँगको सहकार्यमा नगरपालिकाले काम गर्न पाउनु अत्यन्त गौरवको बिषय भएको बताउनुभयो । उहाँले पाठेघर र स्तन क्यान्सरको उपचार समयमै गर्नसके निको हुने बताउँदै महिलाहरू स्वास्थ्यप्रति बढी सम्वेदनशील हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका कार्कीले नगरपालिका स्तरीय स्वास्थ्य शिविरको आयोजनालाई अझ प्रभाकारी ढंगले अगाडि बढाउन चाहेको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले स्वस्थ तथा निरोगी जीवन बाँच्न समयमै स्वास्थ्य जाँच गरिराख्नुपर्ने, आफ्नो स्वास्थ्य आफै बनाउनुपर्ने खाँचो औंल्याउनुभयो । रोटरी नेपाल जोन १६ का एसिस्टेन्ट गभर्नर ईन्द्र रिसालले महिलाहरुलाई लक्षित गरेर गरिएको स्वास्थ्य शिविरले स्थानीयलाई सेवा दिनुको साथै सचेतनामा वृद्धि भएको जिकिर गर्नुभयो ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर काठमाण्डौका फाउन्डर डा।सुदिप श्रेष्ठले पाठेघर तथा स्तन क्यान्सरको परिचय, लक्षण,कसरी बच्ने लगायतका बारेमा चर्चा गर्नुभयो । महिलाहरुले कुनै पनि प्रकारको लाज र डर नमानी परीक्षणका लागि अस्पताल जानुपर्नेमा जोड दिँदै यसका लागि सचेतना जगाउनुपर्ने धारण राख्नुभयो । स्तन क्यान्सरको विषयमा धेरै मानिसलाई पर्याप्त जानकारी नभएको समेत श्रेष्ठले जानकारी गराउनुभयो ।
शिविरमा ३ जना महिलाहरु पाठेघरको बढी समस्या देखिएको र ल्याबमा परीक्षण गरिसकेपछि मात्र यकिन समस्या पत्ता लाग्ने क्यान्सर रोग बिशेषज्ञ डा।सुदिप श्रेष्ठको भनाई छ । त्यस्तै केही महिलाहरुमा स्तन सम्बन्धि पनि समस्या देखिएको छ ।
कार्यक्रममा रोटरी इन्टरनेशनलका आईसिए कोर्डिनेटर राजेन्द्र ध्वजु, रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्षद्धय महेन्द्र श्रेष्ठ, नारायण महत, आरसी यालाका मेम्बरसीप तथा शिविरका कोर्डिनेटर स्वरुपा श्रेष्ठ, वडा न ं ६ का वडाध्यक्ष बसन्त पाण्डे, सैनामैना स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी,रामापुर माविका प्रध्यानध्यापक कृष्ण पौडेल,स्वयम्सेवीका, रोटरीयन पदाधिकारी,रोट्रयाक्ट लगायतको सहभागिता रहेको थियो ।
रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष प्रेम कुमार शर्माको अध्यक्षता, सैनामैना नगरपालिका नगर प्र्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता,प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, डा।सुदिप श्रेष्ठको विशिष्ठ आतिथ्यतमा भएको कार्यक्रम क्लवका सचिव अशोक रानाले संचालन गर्नुभएको थियो । शिविर नेपाल क्यानसर सहयोग समुह तथा नेपाल क्यानसर हस्पिटल एण्ड रिर्सच सेन्टर काठमाण्डौको प्राविधिक सहयोगमा सम्पन्न भएको क्लवका ईलेक्ट प्रेसिडेन्ट एवम् कार्यक्रम संयोजक दुर्गा गौतमले जानकारी दिनुभयो ।
यसैगरी रोटरी क्लव अफ सैनामैनाले आज क्यान्सर सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना समेत गरेको थियो । स्तन क्यानसर, यसको जोखिम र नियन्त्रण गर्ने उपायबारे कार्यक्रममा छलफल गरिएको थियो । सामाजिक क्रियाकलामा सक्रिय संस्था रोटरीले स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स संचालन सँगै अन्य कार्यहरु समेत गरिसकेको छ ।

प्रकाशित मिति : शनिबार, पुष १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij