JanataToday.com

Advertisment

SKIP THIS

बुटवलको नयाँ गाउँमा बन्ने भयो ,२३ करोड लगानीमा ट्रान्सपोर्ट भिलेज।

बुटवलको नयाँ गाउँमा बन्ने भयो ,२३ करोड लगानीमा ट्रान्सपोर्ट भिलेज।

बुटवल ।
बुटवलमा ढुवानी ग्राम अर्थात ट्रान्सपोर्ट भिलेज बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय ट्रान्सपोर्टलाई एकै स्थानमा व्यवस्थित गर्ने योजना अघि बढाएको हो ।
प्रदेशको अस्थायी मुकाम बुटवलमा जनघनत्व बढ्दै गएको र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएकाले शहरभर छरिएर रहेकाहरुलाई एकै ठाउँमा राख्न ट्रान्सपोर्ट भिलेज बनाउन लागिएको मेयर शिवराज सुवेदीले जानकारी दिनुभयो ।
ढुवानी ग्राम निर्माणका लागि बुटवल उपमहानगरपालिका र रुपन्देही परिवहन प्रालि बिच हालै सम्झौता भएको छ ।
उपमहानगरपालिकाका तर्फबाट उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा र निर्माण कम्पनीका तर्फबाट रुपन्देही परिवहन प्रालिका अध्यक्ष कमल घिमिरे र कार्यदलका सदस्य माधव नेपालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतामा स्थानीय अगुवा तथा समाजसेवीहरुलाई पनि रोहबरमा राखिएको छ । रोहबरमा स्थानीय अगुवा तथा समाजसेवीका तर्फबाट टंकप्रसाद पोखरेल रहनु भएको छ।
२०७६ असोज १८ मा मनसाय पत्र आवह्रान गरिएको थियो । जस्मा बुटवल ४ स्थित रुपन्देही परिवहन प्रालि र रामपुर ढुवानी सेवा सुचिकरणमा परेका थिए । पछि प्रस्ताव मुल्याकंनका आधारमा परिवहन प्रालिसंग निर्माणका लागि सम्झौता गरिएको हो । ढुवानीग्राममा जम्मा ४९ सेडहरु निर्माण हुनेछन् । ती सबै सेडहरु अन्तर्राष्ट्रिय मापदण्डका रहने छन् ।सम्झौताअनुसार यो कम्पनीले एक वर्षभित्र भिलेज बनाइसक्ने छ र १५ महिना पछि उपमहानगरपालिकालाई हस्तातरण गर्नेछ ।
वडा नं १२ नयाँगाउको भैरहवा भन्ने स्थान बन्ने ट्रान्सपोर्ट भिलेजमा ४९ सेड निर्माण हुनेछन् । ट्रान्सपोर्ट भिलेजको अनुमानित लागत २३ करोड २४ लाख ७९ हजार छ सय ७४ रुपैयाँ रहेको रहेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।
एउटा सेड १५५० वर्गफुट क्षेत्रफलको हुनेछ । हरेक सेडको मासिक भाडा प्रति वर्गफुट दुई रुपैयाँका दरले तीन हजार एक सय हुनेछ । बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने पनि सम्झौतामा तोकिएको छ ।
साथै ट्रान्सपोर्ट भिलेजमा पार्किङ स्थल, व्यवसायिक भवनसहित दुई वटा होटल, मन्दिर, हेल्थपोष्ट, टायर मर्मत संम्भार पसल, प्रतिक्षालय, प्रहरी चौकी पनि हुनेछ । सम्झौताअनुसार ट्रान्सपोर्ट भिलेजका लागि पहुँचमार्ग, ढल, बिजुली, पानी, शौचालय लगायतका संरचना उपमहानगरपालिकाले बनाउनेछ ।

प्रकाशित मिति : सोमबार, पुष १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij